बिएल संवाददाता
भारतीय गृहमन्त्री अमित शाह पुनः अस्पताल भर्ना भएका छन्। शनिबार राती ११ बजे उनलाई दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको छ।
एम्सले आइतबार विज्ञप्ती सार्वजनिक गर्दै शाह अस्पताल भर्ना भएको जानकारी दिएको छ। अस्पतालले संसदको मनसुन सत्र सुरु हुनुअघि स्वास्थय जाँचका लागि अस्पताल भर्ना भएको जानकारी दिएको थियो।

‘एक–दुई दिन चेकअप हुनेछ,’ अस्पतालको विज्ञप्तीमा भनिएको छ। गृहमन्त्री शाहलाई यसअघि कारोना संक्रमण भएको थियो। उनी ३० अगस्टमा कोरोना मुक्त भएका थिए।
शनिबार उनलाई स्वास लिन समस्या भएको खबर बाहिरिएको थियो। ५५ वर्षीय शाहलाई १८ अगस्टमा एम्स अस्पतालको कोभिड केयरमा भर्ना गरिएको थियो। पहिलो पल्ट उनलाई २ अगस्टमा कोरोना संक्रमण भएको थियो। उनी पहिले मेदान्त अस्पतालमा भर्ना भएका थिए।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया