बिएल संवाददाता
विश्व नम्बर ३ डोमिनिक थिएम युएस ओपनको नयाँ विजेता बनेका छन्। उनी युएस ओपन जित्ने पहिलो अस्ट्रेलियाली खेलाडी बन्न पुगेका छन्।
उनको यो पहिलो ग्रान्ड स्लाम उपाधि पनि हो। फाइनलमा उनले जर्मनीका एलेक्जेन्डर ज्वेरेभलाई २–६, ४–६, ६–४, ७–६(६) ले पराजित गरे।
७१ वर्षपछि युएस ओपनको फाइनलमा पहिलो दुई सेट हारेर कुनै खेलाडीले उपाधि जितेको घटना हो। थिएमले पहिलो दुई सेट गुमाएका थिए। त्यसपछि उनले उत्कृष्ट पुनरागमन गरे।
यसअघि सन् १९४९ मा पाञ्चो गोन्जालेजले यो इतिहास रचेका थिए। २७ वर्षका थिएम पछिल्लो ६ वर्षमा ग्रान्ड स्लाम जित्ने नयाँ खेलाडी बन्न पुगेका छन्।
६ वर्षयता सबै ग्रान्ड स्लाम पुरानै खेलाडीको वर्चश्वमा थियो। यसअघि २०१४ मा मारिन सिलिचले यो इतिहास रचेका थिउ। यतिबेला क्रोएसियाका सिलिचले युएस ओपनको फाइनलमा जापानका केई निशिकोरीलाई पराजित गरेका थिए।
यसअघि थिएम तीन वटा ग्रान्ड स्लामको फाइनल पुगेर पराजित भएका थिए। उनी २०१८ र २०१९ मा फ्रेन्च ओपनको फाइनलमा पराजित भएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया