
बिएल संवाददाता
विश्व नम्बर ३ डोमिनिक थिएम युएस ओपनको नयाँ विजेता बनेका छन्। उनी युएस ओपन जित्ने पहिलो अस्ट्रेलियाली खेलाडी बन्न पुगेका छन्।
उनको यो पहिलो ग्रान्ड स्लाम उपाधि पनि हो। फाइनलमा उनले जर्मनीका एलेक्जेन्डर ज्वेरेभलाई २–६, ४–६, ६–४, ७–६(६) ले पराजित गरे।
७१ वर्षपछि युएस ओपनको फाइनलमा पहिलो दुई सेट हारेर कुनै खेलाडीले उपाधि जितेको घटना हो। थिएमले पहिलो दुई सेट गुमाएका थिए। त्यसपछि उनले उत्कृष्ट पुनरागमन गरे।
यसअघि सन् १९४९ मा पाञ्चो गोन्जालेजले यो इतिहास रचेका थिए। २७ वर्षका थिएम पछिल्लो ६ वर्षमा ग्रान्ड स्लाम जित्ने नयाँ खेलाडी बन्न पुगेका छन्।
६ वर्षयता सबै ग्रान्ड स्लाम पुरानै खेलाडीको वर्चश्वमा थियो। यसअघि २०१४ मा मारिन सिलिचले यो इतिहास रचेका थिउ। यतिबेला क्रोएसियाका सिलिचले युएस ओपनको फाइनलमा जापानका केई निशिकोरीलाई पराजित गरेका थिए।
यसअघि थिएम तीन वटा ग्रान्ड स्लामको फाइनल पुगेर पराजित भएका थिए। उनी २०१८ र २०१९ मा फ्रेन्च ओपनको फाइनलमा पराजित भएका थिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया