बिएल संवाददाता
सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नेता योसिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन्।
यसै साताको अन्त्यसम्म उनी प्रधानमन्त्री बन्ने जापानी सञ्चार माध्यमहरुले जनाएका छन्। सुगा प्रधानमन्त्री सिन्जो आबेका मन्त्रिपरिषद्का चिफ सेक्रेटरी हुन्।
स्वास्थ्यको कारण प्रधानमन्त्री आबेले राजिनामा दिने भनेपछि सत्तारुढ दलले नयाँ नेता छनोट गरेको हो। जसमा सुगाले पूर्व रक्षामन्त्री सेगेरु इसिवा र पूर्व विदेशमन्त्री फुमिओ किशिदालाई पराजित गरे।
सुगा आबेको विश्वास पात्र हुन्। यसका साथै सुगा जनता माझ निकै लोकप्रिय रहेका थिए।
उनलाई सत्तारुढ एलडीपीको दुई ठूल गुट आबेको समूह र वित्तमन्त्री तारो असोको समूहले समर्थन गरेको थियो।
पार्टी महासचिव तोसिहिरो निकाइले पनि यसअघि नै सुगालाई समर्थन गरेका थिए। कुनै पनि गुटमा संलग्न भएर प्रधानमन्त्री बन्न लागेका सुगा दुर्लभ नेता भएको जापानी सञ्चार माध्यमहरुले जनाएका छन्।
अब संसदमा सुगालाई प्रधानमन्त्री बनाउने कि नबनाउने भनेर निर्वाचन हुनेछ। तर, सत्ताधारी पार्टीको बहुमत भएकाले उनी प्रधानमन्त्री बन्ने निश्चित छ।
आगामी वर्षको सेप्टेम्बरमा हुने मध्यावधि चुनावसम्म सुगाले प्रधानमन्त्री पद सम्हाल्नेछन्।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया