जनतालाई रेलभन्दा नुन, पानीजहाजभन्दा सिँचाइ चाहिएको छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य पृथ्वी सुब्बा गुरुङले नेकपाका केही नेताहरूको चलखेल समाप्त भएको बताएका छन्।
 
“आफ्नो स्वार्थको लागि पार्टीका केही नेताहरू खुमलटार, भक्तपुर र भैसेपाटी धाएर प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार खोज्दै थिए तर त्यो प्रयास सफल हुन सकेन,” देखापढीसँग कुरा गर्दे गुरुङले भने।

भएका मुख्यमन्त्रीहरु हटाएर अरुलाई बनाउने भन्दै केही व्यक्तिहरूलाई नेताहरूले आवश्वासन दिएकोबारे आफू जानकार रहेको उनको दाबी थियो। 

प्रकाशित मिति: : 2020-09-16 13:39:43

प्रतिकृया दिनुहोस्