सातामा १४ अर्ब बढीको कारोबार

बजार पुँजीकरण २० खर्ब ९० अर्ब पुग्यो

पूजा चँदारा

काठमाडौं

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १४ अर्ब बढीको कारोबार भएको छ । वित्तीय प्रणालीमा पर्याप्त तरलता हुँदा यस साताको सेयर बजारमा उत्साह देखिएको हो । साताभर ५१ अंकले नेप्से सूचक बढेसँगै साताको अन्तिम दिनसम्म आइपुग्दा बजार पुँजीकरण २० खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ ।

कोरोना भाइरसको संक्रमण बढेसँगै घटेको सेयर बजार कोरोनाले अन्य क्षेत्रमा लगानी गर्ने ठाउँ ठप्प पारेपछि लगानीकर्ता फेरि बजारतर्फ आकर्षित भएका हुन् । साथै कोरोना भाइरसको प्रभावकै कारण आर्थिक गतिविधि रोकिँदा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने ठाउँ पाएनन् र बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता हुँदा सो तरलता सेयर बजारमा तर्फ मोडिँदासमेत बजारमा चमक आएको हो ।

त्यसमा बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाएर सहज रूपमा कर्जा प्रवाह गरिरहेका कारण समेत बजारमा सकारात्मक प्रभाव परेको छ । साथै यतिबेला सेयर बजार बढ्ने समय भएका कारण, अहिले सेयर खरिद गर्दा छोटो समयमै लाभांशको हकदार हुने सेयर बजारका जानकार बताउँछन् ।

प्रकाशित मिति: : 2020-09-18 10:19:21

प्रतिकृया दिनुहोस्