शंकर अर्याल
काठमाडौं । सरकारले आह्वान गरेको लकडाउनको समयमा आधा भन्दा बढी श्रमिकले तलब नपाएको देखिएको छ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियूसीसी) ले मुलुकका सातवटै प्रदेशमा सञ्चालित उद्योग प्रतिष्ठान, होटल, अस्पताल, बैङ्क तथा वित्तीय संस्था, सहकारी, बीमा, शैक्षिक क्षेत्र, चिया बगान, कृषि क्षेत्र, निर्माण क्षेत्र, यातायात लगायत क्षेत्र सहित ४४ प्रकारका औद्योगिक तथा व्यवसायिक प्रतिष्ठानमा आवद्ध कर्मचारी र श्रमिकमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । जेटीयूसीसीका अनुसार उक्त सर्वेक्षणका क्रममा चैत महिनामा ५०.७ प्रतिशत र वैशाख महिनामा ७४.४१ प्रतिशत श्रमिकले आफूले पूर्णरुपमा पारिश्रमिक पाउन नसकेको बताएका छन् ।
समन्वय केन्द्रले देशभरका कुल १ हजार ९१ वटा उद्योग प्रतिष्ठानको नमूना लिएर यस्तो सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणमा चैत महिनामा ४९.३ प्रतिशत उद्योगले पूरा भुक्तानी दिएको देखिएको छ । बाँकीमध्ये १.४ प्रतिशतले आंशिक भुक्तानी गरेको र ४.१ प्रतिशत उद्योगले मजदूरलाई पेश्कीस्वरुप केही पैसा दिएर पठाएको देखिएको छ । बाँकी ४५.२ प्रतिशतले भने कुनै पनि रकम भुक्तानी नपाएको बताएका छन् ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया