कलाकार विल्सनविक्रम राईलाई नेपाल सरकारले कीर्तिमय राष्ट्रदीप (चतुर्थ) प्रदान गरेको छ ।
संविधान दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न विधामा कीर्ति कायम गर्ने व्यक्तिलाई कीर्तिमय राष्ट्रदीप प्रदान गरिन्छ ।
राईसहित आठजनालाई सो पदक प्रदान गर्ने सरकारले निर्णय गरेको छ । राई यसअघि प्रबल जनसेवा श्री चौथो पदकबाट विभूषित भएका थिए ।
बालकैमा कलाकार बन्ने हुटहुटीले अहिलेको चुचुरो सफलतासम्म आइपुगेका विल्सनविक्रम राई अत्यन्त चर्चित र लोकप्रिय नेपाली कलाकार हुन् । नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रमा तक्मे बुढाको नामले प्रसिद्ध ३४ वर्षीय उनी बिर्तामोडका स्थायी बासिन्दा हुन् ।
नृत्य र स्टेज प्रस्तुतिबाट कलाकारितामा प्रवेश गरेका उनी पहिलोपटक चलचित्र ‘साथी’ मा बाल कलाकारले तास खेलेको एक सट दृश्यमा देखिएका थिए । बाल्यकाल र किशारावस्थामा अनेक दुःख झेलेका उनी सफलताको मेलोमा छन् ।
दर्जनौँ अवार्ड, पदक र सम्मानका साथै विदेश दौडाहले उनी व्यस्त रहने ठूलो पर्दाको चलचित्रमा समेत समय मिलाउन हम्मेहम्मे पर्ने गरेको छ । टेलिशृङ्खला ‘मेरी बास्सै’ मार्फत चर्चामा आउनुअघि राईले पुरानो टेलिशृङ्खला ‘आयो बोकेदाह्री’ बाट अभियन यात्रा थालेका हुन् ।
डेब्यु चलचित्र ‘सम्झना’ (प्रज्ञा जोशी निर्माता रहेको) बाट ठूलो पर्दामा देखिएका उनी अभिनीत अधिकांश चलचित्र सफल बनेका छन् ।
कलाकार केदार घिमिरेसँग मिलेर सुरु गरेको ‘मेरी बास्सै’ को हिँडाइ टुङ्गिए पनि उनी युट्युब र ठुलो पर्दामा उत्तिक्कै व्यस्त र सफल छन् ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया