फिलिपिन्सका राष्ट्रपतिद्धारा संकटकाल एक वर्ष थप

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले देशमा जारी संकटकाललाई थप एक वर्ष लम्ब्याएका छन् । कोरोनाभाइरसको महामारीलाई कारण देखाउदै उहाँले अर्को वर्ष सन् २०२१ को सेप्टेम्बरसम्म कायम रहने गरी उहाँले संकटकाल घोषणा गरेका छन्।

घोषणा नं. १०२१ मार्फत् उनले संकटकाललाई लम्ब्याउनु भएको राष्ट्रपति कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन । संकटकाल लम्याउने विषयमा शुक्रबार सार्वजनिक गरिएको छ । तर अहिले घोषणा गरिएको संकटकाल भने यही सेप्टेम्बर १३ देखि अर्को बर्ष सन् २०२१ को सेम्टेम्बर १२ तारिखसम्म लागु हुनेछ । 

यसअघि गत मध्य मार्चमा छ महिनाका लागि मात्रै संकटकाल घोषणा गरिएको थियो । तर कोरोना महामारी नियन्त्रणमा नआएकाले एक बर्षका लागि लम्ब्याइएको सरकारी अधिकारीहरुको भनाई छ ।  

फिलिपिन्समा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथ्यांकहरुले देखाएका छन् ।

महामारीबाट भइरहेको मानवीय क्षति न्युनिकरणका लागि भन्दै फिलिपिन्समा संकटकाल घोषणा गरिएको हो । राष्ट्रपतिका प्रवक्ता ह्यारी रोक्युले सवै समाधिस्थलहरु यही अक्टोबर २९ देखि नोभेम्बर ४ तारिखसम्म बन्द रहने पनि जानकारी दिए।

फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाभाइरसबाट तीन हजार २५७ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको संख्या झण्डै दुई लाख ८० हजार पुगेको छ । ती मध्ये दुई लाख आठ हजार ७९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । 

त्यसैगरी कोरोनाभाइरसकै कारण फिलिपिन्समा अहिलेसम्म कुल मृतकको संख्या चार हजार ८३० पुगेको पनि अधिकारीहरुले जनाएका छ।

प्रकाशित मिति: : 2020-09-19 15:08:35

प्रतिकृया दिनुहोस्