सहिदको शालिकमा माल्यार्पण गर्न गएका वीरगञ्जका नेता भाेज भतेर खाएर फर्किए: उपाध्यक्ष पटेल

सहिद दिवसलाई आत्मा शुद्धि तथा श्रद्धाको रुपमा मनाउने पर्नेमा नेताहरुलाई गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले भोज भतेर खुवाएर पठाएका छन्। 

संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने क्रममा वीरगञ्जमा २०७३ असोज ३ गते सहिद भएका पर्सा पकहामैनपुरका शत्रुघन पटेलको स्मृतिमा शनिबार पकहामैनपुरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो।

कार्यक्रममा वीरगञ्जबाट गएका नेताकार्यकर्ताहरुले सहिदको सपना साकार पार्ने प्रतिवद्धता व्यक्त गर्दै सहिदको शालिकमा माल्यार्पण गरेका थिए। 

कार्यक्रम सकाएर उपस्थित नेताहरुले भोज भतेर गरेरको सहिदकी आमा तथा गाउँपालिकाकी उपाध्यक्ष कुशमीदेवी पटेलको आरोप छ।

‘आज मधेशी जनताको लागि रगत बगाएको आफ्नो छोराको श्राद्धसमेत भएको छ।  यहाँ आएर खिरपुरी खानुपर्नेद अवस्थामा नेताहरु अध्यक्ष चौरसियाको घरमा गएर मासुभात खाएकोप्रति दुखी छु,’ उपाध्यक्ष कुशमी देवीले भनीन्।

गाउँपालिकाका अध्यक्ष विजय चौरसियाले वीरगञ्जबाट आएका नेताहरुलाई भोकै पठाउन नैतिकता नदिने बताउदै आफूले घरमै खाना खुवाएर पठाएको स्वीकार गरेका छन्। 

श्रद्धाञ्जली सभामा जनता समाजवादी पार्टी पकहा मैनपुर गाउँपालिका नेता विनोद मेहता, सांसद लक्ष्मण लाल कर्ण, निलम्वित सांसद हरिनारायण रौनियार, प्रदेश सांसद प्रहलाद गिरी, करिमा बेग्म, भिमा यादव, वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, युवा नेता राजेशमान सिंह, जिल्ला अध्यक्ष रामनरेश यादव, नेता सुन्दर कुर्मी, शिव पटेल, नेजामुदिन सम्मानी, बाबुलाल यादव, सिपु तिवारी, लगायतका सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2020-09-19 19:11:47

प्रतिकृया दिनुहोस्