बिएल संवाददाता
ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरुले खेल सामग्री सहयोग गरेका छन्। नेपाली ब्याडमिन्टनका पूर्व शीर्ष खेलाडी पनेरुले रु ६० हजार बराबरको ब्याडमिन्टनको खेल सामग्री उपलब्ध गराएका हुन् ।
हाल अमेरिकामा रहेका पनेरुले ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर उदय अर्यालमार्फत उक्त सामग्री उपलब्ध गराएका हुन्।
उक्त खेल सामग्री आज दशरथ रंगशालामा आयोजित एक कार्यक्रममा नेपालका जुनियर ब्याडमिन्टन च्याम्पियन एवं विश्व जुनियर ब्याडमिन्टनतर्फका सातौँ र्याङ्कीङ खेलाडी प्रिन्स दाहाल र महिला ब्याडमिन्टनकी सिनियर तथा जुनियर च्याम्पियन रसिला महर्जनलाई हस्तान्तरण गरिएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा अन्तर्राष्ट्रिय अम्पायर अर्याल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सुवास श्रेष्ठ, काठमाडौँ जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपक थापा, योनेक्सका राजु बाँस्तोला, ब्याडमिन्टनका पूर्व राष्ट्रिय खेलाडी पंकज चन्द र इन्द्र महता सहभागी रहेको प्रिन्स दाहालका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए।
पूर्व च्याम्पियन पनेरुले यसअघि पनि ब्याडमिन्टनका खेलाडीलाई खेल सामग्री सहयोग गर्दै आएका थिए ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया