फुलह्यामविरुद्ध लिड्सकाे कठिन जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत शनिबार भएको खेलमा लिड्स युनाइटेडले पहिलो जित दर्ता गरेको छ।

घरेलु मैदानमा भएको खेलमा यसै सिजन प्रिमियर लिगमा बढुवा भएको  लिड्सले फुलह्यामलाई ४–३ गोल अन्तरले पराजित गरेको हो। 

लिड्सको जितमा हेल्डर कोस्टाले दुई गोल गरे। यता माटिउज क्लीच र प्याट्रिक बामफोर्डले समान एक एक गोल गरे।

फुलह्यामका लागि एलेक्सान्डर मिट्रोभिचले दुई ताथ बोबी रेइडले एक गोल गरे।

खेलको पाँचौ मिनेटमा कोस्टाले गोल गर्दै लिड्सलाई अग्रता दिलाए। ३४ औँ मिनेटमा मिट्रोभिचले पेनाल्टीमा गोल गर्दै फुलह्यामलाई खेलमा फर्काएका थिए। 

तर खेलमा फुलह्याम सम्हालिन नसक्दा खेलको ४१ औँ मिनेटमा पुन गोल खायो। लिड्सको लागि क्लीचले गोल गरेका थिए।

पहिलो हाफ ३ गोल भएको खेलमा दोस्रो हाफ थप ३ गोल भयो। 

खेलको ५० औँ मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई ३–१ को फराकिलो अग्रता दिलाए। त्यसपछि कमजोर देखिएको फुलह्यामविरुद्ध ५७ औँ मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे। 

यता बीबीले खेलको ६२ औँ मिनेटमा गोल गर्दै फुलह्यमलाई ४–२ को स्थितिमा ल्याए।

त्यसपछि खेलको ६७ औँ मिनेटमा मिट्रोभिचले व्यक्तिगत दोस्रो गोल गरेपनि फुलह्याम ४–३ ले पराजित भयो।

जितसँगै लिड्सले २ खेलमा ३ अंक जोडेको छ। लिड्स तालिकाको नवौं स्थानमा रहेको छ।

यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलह्याम यो लगातार दोस्रो हार हो। 

प्रकाशित मिति: : 2020-09-19 22:36:13

प्रतिकृया दिनुहोस्