बिएल संवाददाता
म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेससँग ३–१ को हार बेहोरेको छ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा बनिबार राति भएको खेलमा डिफेन्सले कमजोर प्रदर्शन गरेपछि युनाइटेड पराजित हुन पुगेको हो।
लगातार दोस्रो जित निकाल्ने क्रममा क्रिष्टल प्यालेसले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै एक गोल खाएको थियो।
![]()
खेलको सातौं मिनेटमा नै आन्ड्रोस टाउनसेन्डले जेफ्री स्लपको पासमा गोल गर्दै पाहुना टोलीलाई अगाडी बढाए।
प्यालेसले ७४ औँ मिनेटमा पेनाल्टीमा अग्रता दोब्बर पार्यो। भिक्टर लिन्डेलफको हातमा बलले लागेपछि रेफ्रिले भीएआरबाट पेनाल्टी दिएका थिए जसलाई जोर्डन आयुले गोल गरे।
![]()
तर, आयुको प्रहार रोक्ने क्रममा गोलरक्षक डेविड डे हेया पेनाल्टी हान्नुअघि नै लाइनबाट अगाडी आएपछि रेफ्रीले पुनड्ड पेनाल्टी दिएका थिए। त्यसमा विल्फ्रिड जाहाले गोल गर्दै अग्रता दोब्बर पारे।
युनाइटेडका डोनी भान डी बिकले ८० औँ मिनेटमा एक गोल फर्काए।
युनाइटेडले केहि समय राम्रो प्रदर्शन पनि गरेको थियो तर, ८५ औँ अर्को गोल खान पुग्यो।
![]()
उसका लागि जाहाले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रिष्टल प्यालेस ३–१ ले विजयी भयो।
प्यालेसको यो लगातार दोस्रो जित हो। उसले २ खेलमा ६ अंक बनाएको छ। प्यालेस गोलअन्तरमा एभर्टनभन्दा पछाडी दोस्रो स्थानमा छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया