मड्रिडले असफल बनाएकाे बेल टोटनह्याम फर्किए, भने– लयमा फर्किने कोशिश गर्नेछु

रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल र डिफेन्डर सर्जियो रेगुइलोन लन्डन क्लब टोटनह्याममा अनुबन्धित भएका छन्।

टोटनह्यामले ३१ वर्षीय फरवार्ड बेल एक वर्ष लोनमा लिएको हो। उनलाई क्लबले अर्को एक वर्ष पनि लोनमा राख्ने विकल्प रहेको छ। बेलको वार्षिक ३० मिलियन युरो तलब पाउने छन्।

बेल सन् २०१३ मा विश्व कीर्तिमानी मूल्यमा टोटेनह्याम छाडेर मड्रिड गएका थिए। तर, सुरुवाती सिजनमा मड्रिडमा देखिएका बेल पछिल्लो समय करियरको कठिन अवस्थामा थिए। 

Image

प्रशिक्षक जिनेदिन जिदानसँगको सम्बन्ध र उतार चढावमा देखिएको लयले उनलाई मड्रिडमा पछिल्लो सिजन असफल बनाएको थियो।

सन् २०१९–२० को सिजन पुनः सुरु भएपछि उनले १ खेल मात्रै खेल्न पाएका थिए। 

उनले मड्रिडबाट १०० भन्दा धेरै गोल गरेका छन् र चारपटक च्याम्पियन्स लिगको उपाधि उचालेका छन्।

बेलले भनेका छन्, ‘पुरानो घर फर्किन पाउँदा खुशी लागेको छ। यो मेरा लागि विशेष क्लब हो। यहीँबाट मैले मेरो नाम बनाएको थिएँ।’

उनले पुनः टोटनह्यामबाट उपाधि जित्ने लक्ष्य रहेको सनाए। 

‘आशा छ, अब मैले केही म्याच फिटनेश पाउने छु, लयमा फर्किने छु, क्लबलाई सहयोग गर्न पाउनु छु र आशा गरौँ उपाधि पनि जित्न पाउने छौँ,’उनले अघि लेखेका छन्।

टोटनह्यामका प्रशिक्षक जोसे माउरिन्हो बेलप्रति सकारात्मक भएकै कारण क्लबका अध्यक्ष ड्यानीएल लेभीले उनीसँगको सम्झौताका लागि प्रयास गरेका थिए।

यता रेगुइलोनले भने ५ वर्षको लागि क्लबसँग सम्झौता गरेका हुन्। २३ वर्षीय डिफेन्डरलाई अनुबन्ध गर्न टोटनह्यामले ३० मिलियन युरो खर्च गरेको छ।

गत सिजन सेभिल्लामा खेलेका उनलाई म्यानचेस्टर युनाइटेडले पनि अनुबन्ध गर्न खोजेको थियो। तर, दुई क्लबबीच सहमति हुन सकेन।

प्रकाशित मिति: : 2020-09-20 06:54:16

प्रतिकृया दिनुहोस्