अख्तियार नेतृत्वमा कस्तो व्यक्ति लैजानुपर्छ ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) गत २९ भदौदेखि नेतृत्वविहीन छ । सरकार अख्तियार प्रमुखमा कसलाई नियुक्त गर्ने भन्नेमा छ भने सरकार बाहिर पनि अख्तियारको नेतृत्वमा कस्तो व्यक्ति आउनुपर्छ भन्ने बहस छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिअन्तर्गत गठित ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन अध्ययन उपसमिति’की संयोजक रेखा शर्मा भन्छिन्, ‘अधिकार दूरुपयोग गर्दै तानाशाह बन्न खोज्ने वा अनुचित दबावमा परेर काम गर्ने व्यक्तिलाई अख्तियारको नेतृत्व सुम्पनु हुदैन ।’ 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद शर्माको आशय पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की जस्तो व्यक्तिलाई अख्तियार प्रमुख बनाउन नहुने भन्ने छ ।

व्यक्तिगत प्रतिशोध साध्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती प्रशासनसँगै राजनीतिक क्षेत्रकाहरुलाई पनि धमाधम १३ पाने भर्न लगाएर आतंकित पार्न थालेपछि कार्कीलाई हटाइएको थियो ।

‘केही निर्णय पनि गर्न नदिने, निर्णय गरे विवादमा तानिदिने नेतृत्व हुनुहुँदैन’, शर्मा भन्छिन्, ‘कसैको छायाँ बन्नेलाई पनि नेतृत्वमा लग्नु हुँदैन, सरकारले अख्तियारलाई स्वास्थ्य र स्वतन्त्र बनाउने निडर व्यक्ति छान्नुपर्छ ।’

प्रकाशित मिति: : 2020-09-20 17:19:37

प्रतिकृया दिनुहोस्