कुलमान त गए, लोडसेडिङ हुँदैन भन्ने के ग्यारेन्टी?

आयोमेल

काठमाडौँ

यम बम 

‘मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारी (कोरोना) को संवेदनशील अवस्थामा सडकमा भीडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु’

नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल सकिएर घर फर्किए पनि घिसिङलाई फेरि निरन्तरता दिनुपर्ने मागसहित सडकमा आन्दोलन चलेपछि उनले शनिबार यस्तो बेहोरासहितको विज्ञप्ति जारी गरे।

२०७३ भदौ २९ गते प्राधिकरणको नेतृत्वमा आएका घिसिङको व्यवस्थापनमा मुलुकमा लोडसेडिङ अन्त्य भयो, आर्थिक रूपमा ओरालो लागेको प्राधिकरण नाफामा गयो। गत आवसम्म प्राधिकरणको सञ्चिति नाफा ४ अर्ब ८६ करोड पुगेको छ।

र, उनको यही कुशल व्यवस्थापनकै कारण जनस्तरबाट माग उठेको छ– प्राधिकरणमा कुलमानलाई निरन्तरता दिइयोस्।

उनको कार्यकाल सकिनुअघि सामाजिक सञ्जालमा पोखिएको सरकारप्रतिको आक्रोश अहिले सडक पुगेको छ। उपत्यकाको माइतीघरमा दिनहुँजस्तो हुने प्रदर्शन अन्य सहरमा पनि फैलिएको छ।

त्यसअघि आसन्न नियुक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको यतिसम्म आलोचना भयो कि घिसिङले विज्ञप्ति नै (भदौ ११) जारी गरेर खण्डन गर्नुपर्‍यो।

 

प्रकाशित मिति: : 2020-09-20 20:24:25

प्रतिकृया दिनुहोस्