बिएल संवाददाता
फरवार्ड साडियो मानेले उत्कृष्ट प्रदर्शन गर्दा इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ।
आइतबार भएको खेलमा लिभरपुलले १० खेलाडीमा सिमित लन्डन क्लब चेल्सीलाई २–० ले पराजित गरेको हो।
लिभरपुलको जितमा दुवै गोल मानेले नै गरे।
![]()
पहिलो हाफको अन्तिम मिनेटमा चेल्सीका डिफेन्डर आन्द्रिएस क्रिस्टेनसनले रातो कार्ड पाए।
उनले मानेलाई लडाएपछि रेफ्रिले पहिला पहेँलो कार्ड दिएका थिए तर भिएआरबाट पुनः हेरि रातो कार्ड दिएका थिए।
गोलरहित पहिलो हाफमा दुवै टोलीले प्रतिस्पर्धात्मक खेल खेलेपनि दोस्रो हाफमा ५० औँ मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।
उनले रोबर्टो फिर्मिनोको पासलाई गोलमा परिणत गरे। त्यसको तीन मिनेटपछि नै मानेले अग्रता दोब्बर पारे।
चेल्सीले खेलको ७५ औं मिनेटमा पेनाल्टी पाएको थियो। तर जोर्जिन्होले गरेको प्रहार गोलरक्षक एलिसनले बचाउँदै २ गोलको अग्रता कायम राखे।
थप समयमा गोल हुन नसक्दा च्याम्पियन लिभरपुलले २–० को जित निकाल्यो।
चेल्सीको यो लिगको पहिलो हार हो।
मानेको दुई गोलमा लिभरपुलले चेल्सीलाई हरायो pic.twitter.com/m858HnRrhY
— BL-News | Nepali (@breaknlinksnp) September 21, 2020
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया