आजदेखि साउदी अरबले श्रम भिसा दिने

साउदी अरबले आज (बिहीबार)देखि श्रम भिसा दिने भएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार आजदेखी साउदीले श्रम भिसा, भिजिट भिसा र आवासीय भिसालगायत भिसा दिन लागेको हो।

कोरोना भाइरसको महामारी र लकडाउनका कारण साउदी अरबले श्रम भिसा दिन बन्द गरेको थियो। 

कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका, भिसा अवधि समाप्त भएका र रोजगारी गुमाएका लगायत १० हजार ८ सय ५८ जना नेपाली साउदीबाट स्वदेश फर्किएका छन्।

प्रकाशित मिति: : 2020-09-23 07:25:08

प्रतिकृया दिनुहोस्