बटुवाले दिएको ५०० ले तरकारी व्यापार थालेकी सरस्वतीको संघर्षको कथा

देखापढी

काठमाडौँ

कृष्णसिंह धामी

 

आफ्नै ट्याक्टर। आम्दानी पनि राम्रै थियो। एकपछि अर्को प्रगतिले सुखद पारिवारिक जीवनको सपना देख्‍न थालिसकेका थिए। 

तर त्यो धेरै दिन टिकेन। २०५१ सालमा ट्याक्टर दुर्घटनामा श्रीमान गम्भीर घाइते भए। त्यसपछि भने उनीहरूको जीवनमा कालो बादल मडारिएर आयो। काभ्रे नमोबुद्ध-६ कानपुरकी ३९ वर्षीया सरस्वती मैनाली (शुभद्रा) को भोगाई हो यो । 

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका पति शम्भु उपचार गराउँदा-गराउँदैं उनीहरूसँग भएको सारा सम्पत्ति सकियो। त्यसपछि भने उनीहरू गाउँ-समाजबाट मात्र नभएर आफन्तबाट समेत टाढिन थाले। 

पतिको उपचार गर्दैगर्दा सम्पत्ति सकिएर ऋणमा डुबेपछि काठमाडौं आएर सरस्वती साहुकहाँ काम गर्न थालिन्।

शम्भुको उपचार गराउन ८६ लाख खर्च लाग्ने अस्पतालले जानकारी दियो। भएको सम्पत्ति सकेर ऋण परिसकेका उनीहरूका लागि त्यत्रो पैसा जुटाउने हिम्मत आएन। जसले गर्दा शम्भु अहिले पनि दैनिक २०० रूपैयाँको औषधि नै खाइरहेछन्। 

“यत्रो ८६ लाख रूपैयाँ खर्च गरेर उपचार गराएको भए त ठिक हुनुहुन्थ्यो। कहाँबाट ल्याउने त्यत्रो पैसा ? अहिले पनि बेला-बेला बेहोस् हुनुन्छ।” सरस्वतीले भनिन्।

प्रकाशित मिति: : 2020-09-23 09:12:38

प्रतिकृया दिनुहोस्