सरकारको निर्देशनविपरीत विद्यालय खोल्‍न हतारो, प्रशासनले लगाउन थाल्यो रोक

देखापढी

काठमाडौं

कृष्णसिंह धामी

सिरहास्थित जनता माध्यमिक विद्यालय बेतहा भवानीपुरले ५ असोजदेखि पठनपाठन शुरू गरेको छ। भौतिक दूरी तथा स्वास्थ्य मापदण्ड पालना गराएर पढाई शुरू गरेको प्रधानाध्यापक रामविलाश यादवले बताएका छन्। 

विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही आधारमा एउटा बेन्चमा दुईजना विद्यार्थी राखेर पठनपाठन थालिएको हो। 

त्यस्तै दोलखामा पनि निजी तथा सामुदायिक विद्यालयले कक्षा सञ्चालन गर्नुका साथै परीक्षा पनि शुरू गरेका छन्। कक्षा ८ बाहेक जिल्लामा निजी तथा सामुदायिक विद्यालयको कक्षा १-९ को परीक्षा सञ्चालन गरिएको हो। 

९ वटा स्थानीय तहमध्ये जिरी नगरपालिकाले बुधबार सम्पूर्ण परीक्षा सम्पन्न गरेर बिहीबारबाट विद्यालय बन्द गरेको छ। त्यस्तै गौरीशंकर गाउँपालिकाले सञ्चालन गरिरहेको परीक्षा  गत बिहीबारदेखि बन्द गरेको छ। 

प्रकाशित मिति: : 2020-09-27 08:32:26

प्रतिकृया दिनुहोस्