बढ्दो बलात्कार: के नेपालमा दोषीलाई मृत्युदण्डको सजाय सम्भव छ?

देखापढी

काठमाडौं

 

कृष्णसिंह धामी

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका सम्झना कामीको असोज ७ गते बलात्कारपछि हत्या भयो। घरबाट गाईवस्तु बाँध्न निस्केकी सम्झाना घरदेखि आधा घन्टा टाढा रहेको गोठमा गएकी थिइन्। 

लामो समयसम्म नफर्केपछि उनको सोधिखोजी शुरू भएको थियो। 

गोठनजिकै रहेको सिमदेवता मन्दिर क्षेत्रमै उनको बलात्कारपछि हत्या भएको थियो। निर्वस्त्र सम्झनाको शरीरभरि निलडाम र टाउकोमा चोट थियो। उनलाई पहिले बलात्कार गरी हत्या गरिएको प्रहरीको भनाइ छ। 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ। पछिल्लो पटक भएको यो जघन्ध अपराधसँगै  बलात्कारीलाई मृत्युदण्ड सजाय हुनुपर्ने आवाज बढेको छ। 

काठमाडौंसहित देशभरका थालिएको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीले उक्त माग उठाएका हुन्। बलात्कारीलाई मृत्युदण्डको कानूनी व्यवस्था गर्न कतिको सम्भव छ ? 

प्रकाशित मिति: : 2020-09-29 12:35:46

प्रतिकृया दिनुहोस्