घरमै विद्रोह गरी एउटा गाईबाट थालेको आमाछोरीको व्यवसायले यसरी मार्‍यो फड्को

देखापढी

काठमाडौं

कृष्णसिंह धामी

‘परिश्रमको फल मिठो हुन्छ’ यो सर्वव्यापी भनाइ हर क्षेत्रमा लागू हुन्छ। जस्तो खालको परिश्रम गरेका हुन्छौं, त्यही अनुसारको फल हामीले अवश्य पनि पाउँछौं।  

हो, कीर्तिपुरको भत्केपाटी जाँखाकी २७ वर्षीया अञ्जनी बाँनियाले परिश्रम अनुसारको फल पाइरहेकी छिन्। 

लोकप्रिय पशुपालन तथा कृषि फार्म सञ्चालन गरिरहेकी उनी उदाहरणीय बनेकी छिन्। अञ्‍जनीले व्यावसायिकरूपमा गाईपालन गरेको ६ वर्षभन्दा बढी भयो। 

एउटा गाई किनेर २०७१ सालमा शुरू गरेको फार्ममा अहिले विभिन्‍न प्रजातीका ११ वटा गाई छन्। दैनिक चार हजार रूपैयाँभन्दा बढीको आम्दानीसमेत लिइरहेकी छिन्। 

त्यो कामका लागि उनलाई आमा ५५ वर्षीया मिना बानियाँले साथ दिएकी छिन्। आामाछोरीले चार रोपनी जग्गा भाडामा लिएर गाईपालनसँगै बाख्रा, हाँस, कुखुरा पालन गर्नुका साथै तरकारी खेतीसमेत गरिरहेका छन्। 

 

“यो त लामो संघर्षपछिको फल हो। अहिले जे होस् राम्रै भइरहेको छ। शुरूको दिनमा त निकै दुःख गरियो,” अञ्जनीले भनिन्, “एकातिर कुनै सीप थिएन्। अर्कोतिर दिनप्रतिदिन ऋण थपिदैं थियो। आम्दानी शून्य थियो। त्यो बेला त निकै गाह्रो परेको थियो।” 

 

अहिले आमाछोरीको आम्दानी मासिक डेढ लाखभन्दा बढी छ। शुरूमा भीमढुंगामा जग्गा लिजमा लिएर व्यवसाय थालेका उनीहरू जाँखा सरेर संरचना निर्माणमा झण्डै १५ लाख खर्च गरेको बताउँछन्। 

 

एउटा गाईलाई दैनिक सरदरमा दुईदेखि तीन सय रूपैयाँसम्म खर्च हुन्छ। दुध बेचेर हुने आम्दानीबाट आधा गाईका लागि र आधा आफ्नो लागि धान्दै आएको मिनाले बताइन्। 

 

प्रकाशित मिति: : 2020-10-01 12:02:32

प्रतिकृया दिनुहोस्