सुन ८ सयले सस्तियो, आजको भाउ कति ?

सुनचाँदीको भाउमा यो साता निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायीले आज (बुधबार) का लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ तोकेको छ । हिजो तोलाको ९४ हजार ९ सय थियो । एकै दिन सुनको भाउ तोलामा ८ सयले ओरालो लागेको हो ।

यस्तै तेजाबी सुनको भाउ पनि ८ सय रुपैयाँले नै घट्दै तोलामा ९३ हजार ६ सयमा आइपुगेको छ । हिजो तोलाको ९४ हजार ४ सय थियो । 

यसैगरी चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँ ओरालो लागेको छ । हिजो तोलाको १२ सय रुपैयाँ रहेको चाँदी आज ११ सय ७५ मा रुपैयाँमा आइपुगेको छ ।

यस साता आइतबारदेखि नै सुनचाँदीको भाउ निरन्तर घटिरहेको महासंघले जनाएको छ । 

प्रकाशित मिति: : 2020-10-07 11:36:52

प्रतिकृया दिनुहोस्