भारतको क्रुज मिसाइल परीक्षण असफल

भारतले निर्माणको दावी गरेको एक हजार किलोमिटर रेञ्जको क्रुज मिसाइलको परीक्षण असफल भएको छ। 

निर्भय नामक छोटो दूरीको मिसाइलको सोमबार परीक्षण गरिएको थियो। तर, प्राविधिक समस्याका कारण परीक्षण असफल भएको भारतीय अखबारले बताएका छन्। 

अमेरिकाको टमह्वाक र रुसको क्लब एसएस–एन–२७ क्रुज मिसाइलको फ्युजनका रूपमा भारतले निर्भयको निर्माण गर्न खोजेको थियो।
 
भारतको रक्षा विशेषज्ञले परीक्षणको आठ मिनेटमा मिसाइलमा प्राविधिक समस्या आएको जानकारी दिएका छन्। यस बाहेक थप जानकारी दिइएको छैन। 

निर्भय मिसाइलमा रुसी साटर्न ५०एमटी टर्बोफन इन्जिन प्रयोग गरिएको थियो। यसको निर्माण कार्य सन् २००७ देखि सुरु भएको रक्षा विशेषज्ञको भनाई छ। सेनाको उच्च विशेषज्ञले निर्भयको निर्माणले विपक्षीहरूको महत्वपूर्ण ठाउँमा सटिक प्रहार गर्न अचुक अस्त्र हुने बताएका थिए। 
 
निर्भयको तौल १५ सय किलोग्राम र यसको लम्बाई ६ मिटर थियो। मिसाइलले ३ सय किलोग्रामसम्म न्युक्लियर बोक्न सक्ने विशेषज्ञको भनाई थियो। 

यसको निर्माण भारत डाइनामिक लिमिटेडले गर्दै थियो भने यसको निर्माणका लागि १ दशमलव ५ मिलियन डलर कूल खर्च हुने बताइएको छ।

प्रकाशित मिति: : 2020-10-14 17:22:00

प्रतिकृया दिनुहोस्