बिएल संवाददाता
दोस्रो विश्व युद्धमा नपड्किएको बम पोल्याण्डले मंगलबार डिस्पोज गराएको छ। पोल्याण्डको जल सेनाले एउटा नहरको बीचमा लगेर पानीमा बमलाई डिस्पोज गराएको हो। यो बम निकै कडा भएको बताइएको छ।
बम फुटेपनि कसैलाई नोक्सान नभएको पोलिस सरकारले जानकारी दियो। बमलाई गोताखोरले पहिले पानी मुनि छोडेका थिए। उनीहरू सुरक्षित स्थानमा फर्किएपछि बम बिस्फोट गराइएको थियो।
दोस्रो विश्व युद्धमा प्रयोग भएको यो बमको नाम ‘टोलब्वाई’ थियो। गत वर्ष सेप्टेम्बर महिनामा पोल्याण्डको जेकिन शहरमा एउटा नालाको सफाई गर्ने बेला यो बम फेला परेको थियो।
दोस्रो विश्व युद्धमा बेलायतको रोयल एयरफोर्सले बमको प्रयोग गरेको उल्लेख छ। यसको कूल तौल ५४ सय किलोग्राम थियो। यसभित्र २४ सय किलोग्राम बिस्फोटक पदार्थ भरिएको थियो।
बमलाई डिस्पोज गर्नुअघि पिएस्ट नहरको वरिपरि बसोबास गर्ने ७ सय ५० गाउँलेलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको थियो।
जल सेनाका प्रवक्ता गिगोर्ज लेवान्डोस्कीका अनुसार दोस्रो विश्व युद्धमा थुप्रै पल्ट यस्तो बम पोल्याण्डमा झारिएको थियो। जुन बिस्फोट भएको थिएन।
दोस्रो विश्व युद्धमा बेलायतको पोल्याण्डमा सबैभन्दा ठूलो अपरेशन थियो, जसलाई एरोनोटिक इन्जिनियर वान्र्स वेलिसले डिजाइन गरेका थिए। रोयल एयर फोर्सले १९४५ मा जर्मनी क्रुजर लुटजोलाई ध्वस्त बनाउन बम झारेको थियो।
जर्मनीको नाजी सरकारको सम्पत्तिलाई नस्ट गर्न बेलायतले बम झार्ने गर्दथ्यो। विशेषज्ञहरूले यो बम अहिलेसम्म बिस्फोट नभएको देखेर आश्चर्य मानेका थिए।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया