नविल बैंकका सीइओ शाहलाई कोरोना संक्रमण

नविल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना भाइरसकाे संक्रमण भएको छ। 

उनले उक्त जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।

शनिबार गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको शाहले बताएका छन्। 

‘बुधबारदेखि गन्ध हराएपछि स्वाब परीक्षण गरेर आइसोलेसनमा बसेको थिए। तर पहिलो परीक्षणमा रिपोर्ट नेगेटिभ आयो, पुनः परीक्षण गर्दा नतिजा पोजिटिभ देखियो,’ शाहले लेखेका छन्।

उनी बुधवारबाट नै होम आइसोलेसनमा बसेको जानकरी दिएका छन्। 

रिपोर्टमा पोजिटिभ आएपनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले बताए।

प्रकाशित मिति: : 2020-10-18 12:27:00

प्रतिकृया दिनुहोस्