एघार अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने

नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  

सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो । 

केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ । 

प्रकाशित मिति: : 2020-10-18 18:26:00
# ट्रेजरी बिल