डर्टमण्डका मिडफिल्डर एमरे क्यानलाई कोरोना संक्रमण

जर्मन क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डर एमरे क्यानलाई कोरोना संक्रमण पुष्टि भएकाे छ।

डर्टमण्डले शुक्रबार क्यानकाे कोरोना रिपाेर्ट पाेजेटिभ आएकाे बताए।

कोरोना संक्रमण भएपछि उनी क्वारेन्टाइनमा बसेका छन्। उनमा कोरोना संक्रमणकाे कुनै पनि लक्षण भने नरहेको क्लबले जनाएको छ।

क्लबका अनुसार अन्य खेलाडी र स्टाफको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।

गत सिजन लोनमा खेलेका क्यानलाई यस सिजन डर्टमण्डले युभेन्ट्सबाट स्थायी अनुबन्ध गरेको थियाे।

कोरोना देखिएपछि क्यानले बुन्डेसलिगा अन्तर्गत साल्केसँगको खेल गुमाउने भएका छन्।

डर्टमण्डले शनिबार घरेलु मैदानमा साल्केसँग खेल्दैछ।

क्यानले जारी सिजनमा डर्टमण्डका लागि ८ खेल खेलिसकेका छन्।

प्रकाशित मिति: : 2020-10-24 06:55:00

प्रतिकृया दिनुहोस्