शिलापत्र
दैनिकी सावधानीपूर्वक चलिरहेको थियो असोज तेस्रो साता सुरुमा अचानक श्रीमानलाई जिउ दुख्न थाल्यो । गर्मी बेस्सरी भयो, खलखली पसिनाले जिउ नुहाएजस्तो भयो । जिउ सिरिङ सिरिङ भयो, हनहनी ज्वरो आयो। ज्वरो नाप्दा १०१-१०२ देखियो करङ हाड जोर्नी बेस्सरी दुख्यो । कहिले टाउको दुखेजस्तो, कहिले पेट दुखेजस्तो अनुभव भैरह्यो ।
दिनमा तीन चार पटक पखाला चल्यो, सिटामोल खाँदा पनि ज्वरो कम भएन । त्यही लक्षण दोश्रो दिनदेखि मलाई पनि सुरु भयो । म सँगै भदैनी पनि ज्वरोले निस्लोट थिई, जिउ जता छोयो उतै दुखेजस्तो अनुभव भैरह्यो । कोरोनाको चौतर्फी कोलाहल थियो, त्यसैले ज्वरो आउन थालेको चौथो दिन हामीले पनि पीसीआर जाँच गरायौं। तीन दिनपछि आएको रिपोर्टले हामीलाई पनि संक्रमणले छोएको पुष्टि गर्यो ।
मेरा श्रीमान र मेरी भदैनी संक्रमित हुँदा नाबालक दुई छोरालाई कुनै लक्षण थिएन । त्यसैले हामीले बच्चालाई अलग राखेर आफू भने घरमै बस्ने निर्णय गर्यौं । डा. रोमा बोराले सम्बन्धित डाक्टरसँग छलफल गरेर नियमित रुपमा हामीलाई सहयोग गरिरहनु भएको थियो । दिनेले त हज्जारौं सल्लाह दिनुभयो तर हामीले आफूलाई चाहिने मात्र लियौ । कोरोना संक्रमण भएको एघारौं दिनसम्म आइपुग्दा म लगभग ठिक भएको अनुभव गरिरहेकी थिएँ । बरु, श्रीमानको खोकी निरन्तर जारी थियो ।
एघारौं दिन घटस्थापनाको दिन थियो । मनले मानेन र नुहाएर घरको मन्दिरमा बत्ती बालेँ । पूजा गरेँ, जमरा राखेँ । मन एकदम हलुका भयो तर टाउको एकदम भारी भयो । टाउको दुख्न थालेपछि बेलाबेला बान्ता र डायरिया सुरु भयो र भइ नै रह्यो । टाउको दुखेपछि बान्ता हुँदा पहिला ठिक हुन्थ्यो तर त्यो दिन झन बढ्यो । पाँच बजेपछि त म ट्वाइलेट छोड्नै नसक्ने भएँ फेरि श्वासप्रश्वासमा समेत समस्या हुन थाल्यो । श्रीमान अतालिनु भएछ र प्रदेश सांसद दिदी कृष्णा केसी 'नमूना'लाई फोन गर्नुभएछ । दिदीले तुरुन्तै एम्बुलेन्स पठाउनु भएछ र मलाई नेपालगञ्जको भेरी अस्पताल भर्ना गरियो । अस्पताल पुगेर औषधि सुरु गरेको केही समयपछि मात्र मैले आफ्नो स्थितिका बारे थाहा पाएकी थिएँ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया