कम्प्युटरका ‘किङमेकर’ बिल गेट्स ६५ वर्षमा

टेक्नोलोजीमा विश्वास गर्ने विश्वका सबै मानवजातिका लागि आजको दिन विशेष हो। किनभने आजकै दिन विश्वको पहिलो व्यक्तिगत कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टका संस्थापक अध्यक्ष बिल गेट्सको जन्म भएको थियो। 

२८ अक्टुबर सन् १९५५ मा जन्मिएका बिल गेट्सको पुरा नाम विलियम हेनरी गेट्स हो। उनले १३ वर्षको उमेरमा पहिलो सफ्टवेयर प्रोग्राम लेखिसकेका थिए। उनको जन्म सियाटलमा भएको थियो, जुन अहिले टेक्नोलोजीको हब बनिसकेको छ। 

उनले हाईस्कुलको अध्ययनको क्रममा पेरोल सिस्टम निर्माणमा लागेका एक प्रोग्रामर्सको सहयोगका लागि ट्राफ–ओ–डेटा बनाएका थिए। जसले स्थानीय सरकारलाई ट्राफिक–काउन्टिङको सिस्टम बनाएर बेचेको थियो। 

हार्वर्ड विश्वविधालयमा पढ्ने क्रममा उनको भेट पल जी एलन जस्ता साथीसँग भेट भयो। र, उनीसँगै मिलेर माइक्रोसफ्ट स्थापना गरेका थिए। 

यिनीहरूले मिलेर इन्टरनेशनल बिजनेस मेसिन (आईबीएम) कर्पोरेसनका लागि एमएस–डस को निर्माण गरेका थिए, जुन कम्पनी पछि चर्चित बन्यो। १९९० को दशकमा पीसी कम्पनीमा माइक्रोसफ्ट विश्वकै अगुवा संस्था भइसकेको थियो। 

गेट्स १९८६ मै अरबपतिको सूचीमा समावेश भइसकेका थिए। १९९५ मा उनी विश्वको सबैभन्दा धनी व्यक्ति घोषित भए। उनको यो कीर्तिमान लामो समय कायम रह्यो। तीन वर्षअघि मात्र गेट्सलाई अमेजनका मालिक जेफ बेजोसले विस्थापित गरेका थिए। 

कुुनै बेला गेट्सलाई सय डलर भूईंमा झरेपनि टिप्न फुर्सद नभएको व्यक्तिको रूपमा अथ्र्याउने गरिन्थ्यो। अहिले पनि बेजोस र उनीबीच सम्पत्तिको लागि प्रतिस्पर्धा भइरहन्छ। फोब्र्सको सूचीमा बेजोस नम्बर एक छन् भने गेट्स दोस्रो नम्बरमा। 

करिब २ दशक विश्वको धनी व्यक्ति रहेका गेट्स हाल समाजसेवामा बढी सक्रिय छन्। उनले २००८ मा आफू र श्रीमतीको नाममा बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको स्थापना गरेका छन्। 

यो फाउन्डेसनले अफ्रिका तथा एसियाली देशमा शिक्षा तथा स्वास्थ्यबाट बिमुख भएका बालबालिकाको लागि पैसा उपलब्ध गराउने काम गर्छ। समाजसेवामा सक्रिय हुनका लागि उनले २०१४ मा माइक्रोसफ्टको अध्यक्ष पदबाट राजीनामा गरेका थिए।

प्रकाशित मिति: : 2020-10-28 09:06:00

प्रतिकृया दिनुहोस्