भेनेजुएलाका ओलम्पिक स्वर्ण पदकधारी खेलाडी पोल्याण्डमा डिलिभरी ब्वाईको काम गर्दै

कोरोना संक्रमणले विश्वभरि नै मानव जीवनलाई प्रभावित तुल्याएको छ। आइटी प्रोफेसनमा लाग्ने व्यक्ति मात्र होइन, इन्जिनियर, डाक्टर, सरकारी कर्मचारी तथा नीजि व्यवसायीलाई मात्र होइन, खेलाडीको जीवन पनि परिवर्तन भएको छ। 

यस्तै, एउटा घटना भएको छ, भेनेजुएलामा। भेनेजुएलाका एक ओलम्पिक विजेता खेलाडी सबै काम छोडेर बाच्नका लागि डिलिभरी व्वाई बन्न पुगेका छन्। 

सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा फेन्सिङतर्फ स्वर्ण जितेका रुबेन लिमार्डो आफ्नो देशको आर्थिक अवस्था कमजोर भएपछि पोल्याण्ड लागेका थिए। 

अहिले उनी पोल्याण्डको लोजमा साइकलको सहयोगले खाना डिलिभरी गरेर हिँड्छन्। 

यो काममा उनी एक्लो छैनन्। उनको टिमको २० खेलाडी नै डिलिभरीको काम गर्छन हालै दिएको एक अन्तर्वातामा ३५ वर्षीय रुबेनले भनेका छन्,‘अब हामी सबै डिलिभरी राइडर हौं।’

उनी लन्डन ओलम्पिकमा आफ्नो देशका लागि ४४ वर्षमा स्वर्ण जित्ने दोस्रो खेलाडी बनेका थिए। तर, कोरोनाले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो। 

रुबेन भन्छन्, ‘भेनेजुएलामा काम गर्दा तलब निकै कम आउँछ। त्यहाँको अवस्था ठिक छैन। अझ, महामारीले सबै परिवर्तन गर्यो। अहिले कुनै प्रतियोगिता छैन। टोकियो ओलम्पिक पनि एक वर्षका लागि सर्यो। प्रायोजकले पनि आउँदो वर्षदेखि मात्र लगानी गर्ने बताए। त्यसैले कामको खोजीमा यहाँ आउनु पर्यो।’

उनले कामबाट फर्किएपछि नजिकै अभ्यास पनि गर्ने गरेको बताए।

प्रकाशित मिति: : 2020-11-17 08:57:00

प्रतिकृया दिनुहोस्