बंगलादेशमा रहेका फुटबल टिमका व्यवस्थापक उपाध्यायलाई कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना संक्रमण भएको छ। 

बंगलादेशमा आयोजना भएको ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ लागि ढाकामा रहेका उपाध्यायलाई मंगलबार कोरोना देखिएको अखिल नेपाल फुटबल संघ एन्फाका सदस्य रुपेश अधिकारीले जानकारी दिए। 

कोरोना पुष्टि भएपछि उपाध्याय बंगबंधु शेख मुजिब मेडिकल अस्पतालको आइसोलेसनमा राखिएको छ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

बंगलादेश भ्रमणमा रहेको नेपाली टिमले घरेलु टोलिसँग दुई मैत्रीपूर्ण खेल खेलेको छ। नेपाल दुबै खेलमा पराजित भएको थियो।

शुक्रबार भएको पहिलो खेलमा बंगलादेशले २–० को जित हात पारेको थियो भने मंगलबार भएको खेलमा गोलरहित बराबरी खेलेको थियो। 

प्रकाशित मिति: : 2020-11-18 13:55:00

प्रतिकृया दिनुहोस्