५१ वर्षपछि बिहारमा सभामुखको निर्वाचन, भाजपालाई सफलता

बिहार विधानसभामा ५१ वर्षपछि सभामुखको निर्वाचन भएको छ। सन् १९६९ देखि बिहारमा सभामुख पद सर्वसहमतिमा बन्दै आएको थियो। 

बुधबार भएको निर्वाचनमा नेशनल डेमोक्रेटिक एलायन्स (एनडिए) का उम्मेदवार विजय कुमार सिन्हा सभामुख नियुक्त भए। उनी भारतीय जनता पार्टी (भाजपा) का सांसद हुन्। राज्यमा भाजपाका सांसद सभामुख भएको पनि यो पहिलो घटना हो। 

उनलाई सभामुख नबनाउन राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवले ठूलो शक्ति खर्चिएका थिए। 

चारा घोटालामा जेलको सजाय भोगिरहेका लालुले जनता दल युनाइटेडका सांसदलाई फ्लोर क्रस गर्न मोबाइलबाट फोन गरेका थिए। तर, उनको मोबाइल संवाद सार्वजनिक भएपछि सबै खेल समाप्त भएको थियो। 

मुख्यमन्त्री नितिश कुमारको जनता दल युनाइटेडले अन्तिम समय व्हिप जारी गरेको थियो। ५३ वर्षीय नवनियुक्त सभामुख सिन्हा लखिसराय चुनाव क्षेत्रबाट तेस्रो पल्ट सांसद चुनिएका हुन्।

उनी यसअघि मन्त्री पदमा आसिन थिए। उनको पक्षमा १ सय २६ मत परेको थियो।

प्रकाशित मिति: : 2020-11-25 20:18:00

प्रतिकृया दिनुहोस्