 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रतिवेदनमा आगामी चैतमा महाधिवेशनपछि नयाँ पुस्तामा नेतृत्व हस्तान्तरणमा जोड दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा शनिवार अपरान्ह बस्ने नेकपा सचिवालय बैठकमा ओलीले यस्तो तयारी गरेका हुन् ।
प्रधानमन्त्रीको जवाफी प्रतिवेदनमा नेतृत्व युवापुस्तामा जाने कुरामा जोड दिइने छ । ‘युवापुस्ता भनेको जसले अवसर पाएको छैन त्यो हो’, प्रधानमन्त्रीको व्याख्यासहित जवाफ मस्यौदा गर्ने एक स्थायी कमिटी सदस्यले बिएल नेपाली सेवासँग भने, ‘युवापुस्तामा वामदेव गौतम पनि पर्नुहुन्छ, जो पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्ने अवसर पाउनुभएको छैन ।’
ओलीले महाधिवेशनपछि आफूसहित पार्टी प्रमुख र प्रधानमन्त्री भइसकेका तीनै जना पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालले पार्टीको कार्यकारी भूमिकाबाट अवकाश लिनुपर्ने प्रस्तावको तयारी गरेको उनले जानकारी दिए ।
कार्यकारी अध्यक्ष प्रचण्डले मंसिर ३ गतेको सचिवालय बैठकमा ‘ओलीले गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै त्यागसहितको योगदान गर्नुपर्ने’ प्रस्ताव पेश गरेका थिए, जसमा सरकार सञ्चालनका दुई वर्षको अवस्था हेर्दा ओली पूर्णरुपले असफल देखिएको आरोप लगाइएको छ ।
उक्त प्रस्तावमा ओलीमाथि भ्रष्टाचारलाई प्रोत्साहन र संरक्षण दिएको, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको घटनाले नेपालको शीर झुकेको, कूटनीतिमा नेपालको स्वतन्त्र परराष्ट्र नीतिसँग मेल नखाने व्यवहार गरेको, द्वन्द्वकालीन मुद्दाहरुलाई राजनीतिक उद्देश्यका लागि उपयोग गर्ने वाह्य खेललाई बल पुग्ने किसिमको व्यवहार गरेको जस्ता गम्भीर आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीले प्रचण्डका सबै आरोपलाई अस्वीकार गर्दै उक्त आरोप–पत्र खारेज गरेको मंसिर ३ कै बैठकमा बताइसकेका छन् ।
जवाफी प्रतिवेदनमा सबै आरोपहरुको बुँदागत रुपमा खण्डन गरिने छ । प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावलाई केन्द्रीय सचिवालयको भन्दै तल्ला छापेर कमिटीमा पठाइएकाले ओली पक्षले पनि उनको जवाफसहित राजनीतिक प्रतिवेदनलाई छापेर पठाउने तयारी गरेको स्रोतको दाबी छ ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया