चीनको रोबोटिक च्याङ्ग’इ–५ यानले पठायाे चन्द्रको सतहबाट रंगीन तस्वीर

चीनको रोबोटिक च्याङ्ग’इ–५ मिसनले चन्द्रको सतहबाट रंगीन तस्वीर पठाएको छ।

मंगलबार चन्द्रमा अवतरण गरेको मानवरहीत चिनियाँ अन्तरिक्ष यानले पहिलो पटक चन्द्रमाको सतहबाट नमुना संकलन गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएस)ले जनाएको छ। 

चन्द्रमाबाट त्‍यहा वरपर रहेकोको ढुंगा र माटो पृथ्वीमा ल्याउने योजनासहित पठाएको यान यान मंगलबार ११ बजे राति चन्द्रमा सफलतापूर्वक अवतरण गरेको चीनले बुधबार घोषणा गरेको थियो।

चन्द्रमाको सतहमा अवतरण गरेको अन्तरिक्ष यानको ल्यान्डरले आफ्नो सतहमा उभिएर आकाशतर्फको रंगीन तस्वीर चिखेर पठाएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएको छ। 

त्यहाँ ओर्लेपछि च्याङ्ग’इ–५ले चन्द्रमा सतहबाट नमूना संकलन गर्ने काम थालिसकेको छ। संकलित ती नमूनाहरु रिटर्न मोड्युलसम्‍म पुर्‍याउने काम भने बिहीबारदेखि सुरु गर्ने सीएनएसएले जनाएको छ।

यानले चन्द्रमामा अवतरण गर्नेक्रममा सफलतापूर्वक आफ्ना सौर्य प्यानल फहराएको थियो जसले यानलाई आवश्यक पर्ने ऊर्जा प्रदान गर्नेछ।

च्याङ्ग’इ–५ दुई दिनसम्म चन्द्रमाको सतहमा रहनेछ र त्यहाँबाट २ किलोग्राम ढुंगा र अन्य पदार्थ संकलन गर्नेछ। 

उक्त नमूनालाई चन्द्रको कक्षमा रहेको सर्भिस भिकल तथा रिटर्न मोड्‍युलसम्‍म पुर्‍याउनेछ, जसले उक्त नमूनालाई पृथ्वीमा पठाउनेछ।

उक्त योजना अनुसार रिटर्न मोड्‍यूल मंगोलियाको भित्री इलाकाको सिजिवाङको घाँसे मैदानमा अवररतण गर्न सक्‍ने सीएनएसएले जनाएको छ।

यदि यो उडान सफल भएमा सन् १९७० को दशकपछि पहिलोपटक पृथ्वीमा चन्द्रमाको सहतबाट नयाँ नमुना प्राप्त हुनेछ। यी नमुनालाई अनुसन्धानका लागि अन्य देशका वैज्ञानिकलाई पनि उपलब्ध गराइने चीनले जनाएको छ।

च्याङ्ग’इ–५ मिशन अघि चीनले दुई अन्‍य मून मिसन पठाएको थियो। सन् २०१३ मा च्याङ्ग’इ–३ र सन् २०१९ मा च्याङ्ग’इ–४ मुन मिसन। यी दुवैमा एउटा ल्‍याण्डरका साथसाथै एउटा सानो मून रोबर समावेश गरिएको थियो।

तर च्याङ्ग’इ–५ मिसन यी दुवैभन्दा निकै जटिल मिसन हो।

चीनको हैनान प्रान्तबाट गत नोभेम्बेर २४ मा प्रक्षेपण गरिएको यो यान चिनियाँ अन्तरिक्ष कार्यक्रमको एउटा महत्त्वाकांक्षी परियोजना हो। 

हैनान अन्तरिक्ष केन्द्रबाट सन् २००३ मा पहिलो पटक एक चिनियाँ अन्तरिक्ष यात्री लिएको यान अन्तरिक्षमा पठाइएको थियो।

करीब ८‍‍‍‍‍‍‌‌‌‌‌.२ टन तौल रहेको छ। चीनले हाल मंगल ग्रहको खोज र अनुसन्धानका लागि पनि यान प्रक्षेपण गरिसकेको छ।

पृथ्वीमा यसअघि अन्तिमपटक सोभियत रुसको अन्तरिक्ष अभियानबाट सन् १९७६ मा चन्द्रमाबाट ढुंगा ल्याइएको थियो।

संयुक्तराज्य अमेरिकाका अन्तरिक्ष यात्रीले सन् १९६९ र १९७२ को अवधिमा ३८२ किलोग्राम ढुंगा चन्द्रमाबाट पृथ्वीमा ल्याएका थिए। ती ढुंगाको अध्ययन र विश्लेषण आजसम्म जारी छ।

प्रकाशित मिति: : 2020-12-03 13:32:00

प्रतिकृया दिनुहोस्