सोतोकानको जिल्ला संघ गठन

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल सोतोकान कराते संघ(कपष्)ले प्रकाश श्रेष्ठको अध्यक्षतामा भक्तपुर जिल्ला संघ गठन गरेको छ। 

मंसिर २७ गते भत्तपुरको डिएसपी फिटनेश क्लबमा संसद महेश बस्नेतको प्रमुख आतिथ्यमा गठन भएको १३ सदस्य समितिमा उपाध्यक्ष दिपमणी सेढाई,सचिव बिनोद नेपाल,सह–सचिव दिपक सापकोटा र कोषाध्यक्षमा समिर बस्नेत रहेका छन्। 

त्यसैगरि सदस्यहरुमा रिता साखकर्मी,सर्मिला मगर,सगुन गमाल,नयना बाटी,पञ्च तामाङ,अमन श्रेष्ठ,सुमोद पोखरेल र इड लामा रहेको सोतोकानका केन्द्रिय अध्यक्ष एवंम् मुख्य प्रशिक्षक हेमकुमार श्रेष्ठले जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2020-12-13 15:47:00

प्रतिकृया दिनुहोस्