कोरियोग्राफर गणेश आचार्यले घटाएर सय केजी तौल

कोरियाग्राफर गणेश आचार्यले सय केजी तौल घटाएका छन्। उनको यसअघि तौल करिब २ सय केजी थियो। तर, उनी अहिले तौल घटाएर ९८ केजीमा पुगेका छन्। 

उनले ‘द कपिल शर्मा सो’ को आउँदो एपिसोडमा यसको जानकारी दिएका हुन्। कपिलले उनको मजाक उठाउँदै भनेका छन्, ‘यसको अर्थ २ वटा मान्छे गायब भयो होइन।’ 

गणेश छिट्टै ‘देहाती डिस्को’ फिल्मको मुख्य भूमिकामा देखा पर्दैछन्। गणेशले हालै अन्तर्वार्तामा फिल्मको विषयमा जानकारी दिए। 

उनले कोरियोग्राफी गरेको फिल्म ‘बेल बटम’, ‘लक्ष्मी’, ‘कुली नम्बर १’, ‘भुज’ र ‘तुफान’ हाल चर्चामा छ। 

गणेशले सन् २०१७ मा दिएको एउटा अन्तर्वार्तामा तौल घटाउने अभियान सुरु गर्ने बताएका थिए।

प्रकाशित मिति: : 2020-12-17 11:20:00

प्रतिकृया दिनुहोस्