Breaknlinks
Breaknlinks

तीन खेलहरू
तीन खेलाडीहरू
प्रत्येकले आफ्नो खेल मात्र खेलिरहेका छन्
अर्कोलाई परास्त गर्न
एउटालाई अर्कोको बिरुद्ध प्रयोग गरेर
पराइको आशीर्वाद लिन 
प्रतिष्पर्धा गरेर

प्रत्येक ती खेलाडीहरू
पावरको ककपिटमा
आफैं मात्र बस्न चाहन्छन्
राजनीतिको दाउमा
जनताको नाउँमा

यसरी ख्याउटे भएको जनता
आफ्नै मुलुकमा बहादुर हुँदैछन्
काठमाण्डौको रिङरोड भित्र
साँघुरिएको यो मुलुक
क्षीण हुँदै गएको छ
आन्तरिक तागत सकिएर

त्यसैले त टन्न मोटाएका छन्
विदेशी शाहुहरू
र, स्वदेशी आसेपासेहरू
गरिवी निवारणको ब्यापार गरेर
प्रजातन्त्रको पसलमा

प्रकाशित मिति: : 2020-12-19 12:42:00

प्रतिकृया दिनुहोस्