परिवर्तन हुँदै फिल्म रिलिजको संस्कार, लाइभ स्ट्रिमिङमा रमाउँदै छन् कलाकारहरू

क्रिसमसको दिन अमेजनको स्ट्रिमिङ सर्भिसमा रिलिज भएको फिल्म ‘कुली नम्बर–१’ ले बलिउडमा परिवर्तन हुँदै गएको व्यापारलाई संकेत गरेको छ।

कोरोना महामारीका कारण सिनेमाघर अहिले बन्द भएको अवस्था हो। यस अवधिमा करिब १८ हजार करोड रुपैयाँ हिन्दी फिल्म उद्योगमा स्ट्रिमिङमार्फत खर्च भएको छ। रिसर्च फर्म फोरेस्टरका अनुसार यस वर्ष लाइभ स्ट्रिमिङमा २८ ठूला फिल्म रिलिज भएका थिए। 

गत वर्ष अवस्था यस्तो थिएन। ठूला कलाकार लाइभ स्ट्रिमिङबाट फिल्म रिलिज गर्न डराइरहेका थिए। तर, कोरोना महामारीलाई ध्यानमा राख्दै नेटफ्लिक्स, अमेजन र हटस्टार जस्ता कम्पनीले भारतमा निकै पैसा लगानी गरेका छन्। फोरेस्टरका अनुसार सन् २०२० मा कम्पनीले भारतीय दर्शकका लागि कथामा मात्र ३ हजार ८ सय करोड रुपैयाँ खर्च गरेको थियो। यो २०१९ को तुलनामा ७ सय करोड बढी थियो। 

यस्तै नेटफ्लिक्सले भारतमा विगत दुई वर्षयता ५० फिल्म र सो निर्माणमा करिब २ हजार ९ सय करोड रुपैयाँ खर्च गरेको छ। यसमा ३४ हिन्दी फिल्म समावेश छ। डिज्नी प्लसले पनि लकडाउनमा अप्रिलमा हटस्टारमा विलय भएपछि लाइभ स्ट्रिमिङको योजनालाई अगाडि बढाएको थियो। 

अर्नेस्ट यङको एक रिपोर्टअनुसार गत वर्ष बलिउडमा १८ सय सप्ताहमा औसत ३५ फिल्मको निर्माण भएको छ। घरेलु सिनेमाघरमा यो फिल्म रिलिज हुँदा करिब ११ हजार करोड रुपैयाँ आम्दानी भएको थियो। भारतीय फिल्म यसअघि आम्दानीका लागि लामो समयदेखि फिल्म हलमा निर्भर हुन्थ्यो। 

केपीएमजीको रिपोर्टअनुसार महामारीको बेला हल बन्दाबन्दीका कारण ७५ प्रतिशत आय कम भएको छ। अक्टुबरदेखि हल खुलेका कारण केही राहत भने पाएका छन्।

प्रकाशित मिति: : 2020-12-28 12:30:00

प्रतिकृया दिनुहोस्