विदेशीबाट सञ्चालित संस्थाले हिन्दूहरुलाई लडाउन खोजे: प्रवक्ता शाह

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व हिन्दू युवा संघका प्रवक्ता अनुराग शाहले विदेशीको आर्थिक सहयोगबाट सञ्चालित संस्थाले नेपालका हिन्दू धर्मावलम्बीहरुलाई एक आपसमा लडाएर फाटो ल्याउन खोजिरहेको आराेप लगाएका छन्।

नेपाललाई कृश्चियान राष्ट्र बनाउन हिन्दूहरुको एकता खलबल्याउन खोजेको भन्दै सबैलाई सचेत हुन पनि उनले अपिल गरेका छन्। 

आइतबार एक बक्तब्य जारी गर्दै प्रवक्ता शाहले हिन्दू धर्म भनेको धर्म मात्रै नभएर बिशाल सभ्यता भएको उल्लेख गरेका छन्।

‘यो बिशाल सभ्यता भित्र धेरै देविदेवताहरु पर्छन्। हिन्दूहरुलाई विभिन्न देवताको नामका आधारमा विभाजित गराएर नेपाललाई कृश्चियन राष्ट्र घोषणा गर्न अहिले ठूलो चलखेल भएको छ,’ उनले भनेका छन्। 

प्रवक्ता शाहले विभाजित गर्ने काम तत्काल बन्द गराउन सरकारसँग आग्रह गरेका छन्।  

‘हिन्दू भित्र म यो भक्त, उ त्यो भक्त भनेर विभाजित गर्ने काम तत्काल बन्द गरौं। केहि बिकशित मुलुकको इसारामा हामीलाई विभाजित गराउन हाम्रै हिन्दू धर्मको खोल ओढेकाहरुको भन्डाफोर गरौं,’ उनले भनेका छन्।

नेपालमा हिन्दूहरुकाे विभाजन रोक्न सफल भएकाे खण्डमा बाहिरी शक्तिसँग लड्न थप उर्जा प्राप्त हुने उनको भनाइ छ।

‘हामी बलियो हुँदा हाम्रो राज्य बलियाे हुन्छ र हाम्रो कुरा राज्यले सुन्ने परिस्थिति निर्माण गर्नसकेको दिन नेपालमा हिन्दूराष्ट्र पुनर्स्थापना हुन्छ,’ उनले भनेका छन्।

प्रकाशित मिति: : 2021-01-03 20:21:00

प्रतिकृया दिनुहोस्