न्यान्सी पेलोसी चौथोपटक अमेरिकी संसदको सभामुखमा निर्वाचित

अमेरिकी तल्लो सदनको सभामुखमा न्यान्सी पेलोसी चौथोपटक निर्वाचित भएकी छन्। 

उनी चौथोपटक हाउस अफ रिप्रिजेनटेटिभको सभामुखमा निर्वाचित भएकी हुन्।

१७ वर्ष तल्लो सदनको प्रमुखका रुपमा काम गरेकी पेलोसी हाउस अफ रिप्रिजेनटेटिभको सभामुखमा निर्वाचित भएकी हुन्।

उनी सन् २००६ मा पहिलोपटक सभामुख बनेकी थिइन्। उनी सो पदमा पुग्ने पहिलो महिला हुन्।

उनी सन् २००६ देखि २०११ सम्म सभामुख रहिन्। त्यसपछि सन् २०१८ मा डेमोक्र्याटिक पार्टीले पुनः तल्लो सदनमा नियन्त्रण कायम गरेपछि उनी सभामुखमा पुनः निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति: : 2021-01-04 08:20:00

प्रतिकृया दिनुहोस्