कोरोनाको बहानामा मठमन्दिर माथि लगाइने कुनैपनि प्रतिबन्ध अस्वीकार्य: शाह

कारोना महामारीको त्रास देखाएर मन्दिरमा लाग्दै आएका मेला/पर्वमाथि सरकारले प्रतिबन्ध लगाउनु आपत्तिजनक भएको विश्व हिन्दू युवा संघले बताएको छ। 

संघका प्रवक्ता अनुराग शाहले शुक्रबार यस्तो बताएका हुन। 'सरकारले सभासम्मेलन गर्दा कोरोना नलाग्ने तर मठ मन्दिरमा पुजा आजा गर्दा कोराना लाग्छ भन्ने सरकार निकायको सोच निकै खेदजनक छ, 'उनले भने।

प्रवक्ता शाह नवलपरासी र चितवनको देवघाटमा लाग्दै आएको मेलामाथि त्यहाँको जिल्ला प्रसाशनले प्रतिबन्ध लगाएकोप्रति आपत्तिसमेत जनाए।

'प्रशासनले गरेको निर्णय गलत छ। त्यो निर्णयको अवज्ञा गर्नुहोस्,' उनले स्थानियवासीलाई भनेका छन्।

उनले कोरोनाको बहाना देखाएर हिन्दू धर्म/संस्कृति तथा मठमन्दिरमाथि लगाइने कुनैपनि प्रतिबन्ध अस्वीकार्य हुने पनि चेतावनी दिएका छन्। 

प्रकाशित मिति: : 2021-01-08 19:38:00

प्रतिकृया दिनुहोस्