‘पिपल्स च्वाईस अवार्ड’: मन्डेकाजीलाई जिताउन आर्थिक सहयोग

बिएल संवाददाता

काठमाडाै‌ं

बजाज पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत ‘पिपल्स च्वाईस अवार्ड’को मनोनयनमा परेका करातेका मन्डेकाजी श्रेष्ठलाई जिताउन जिल्ला खेलकुद विकास समिति भक्तपुरले आर्थिक सहयोग संकलन गरेको छ।

समितिका अध्यक्ष भक्त कासिछवाको संयोजकत्वमा मन्डेकाजीलाई जिताउन २ लाख रुपैयाँ आर्थिक संकलन गरेको हो। 

आर्थिक रकम श्री भक्त कासिछवा, किरण थापा, बिज्ञान राई, रोमन सिलाकार,पुर्ण लिम्बु, यादव राई, दिल्ली बराइली, वेभ ग्रुप, स्वनिग बचत तथा ऋण सहकारी संस्था लि र कल्पबृक्ष बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहयोग गरेका हुन्।

संकलन रकम आइतबार मन्डेकाजीलाई हस्तान्तरण गरिएको छ।

मन्डेकाजी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का दोहोरो स्वर्ण विजेता हुन्। एकै संस्करणमा करातेबाट दुई स्वर्ण जित्ने उनी पहिलो नेपाली हुन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले उनलाई पिपल्स च्वाईस विधामा मनोनयन गरेको छ।

मन्डेकाजीसँगै पिपल्स च्वाईस विधामा पौडीकी गौरिका सिंह, भलिबलकी अरुणा शाही, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदीना श्रेष्ठ परेका छन्।

पिपल्स च्वाई अवार्डको विजेताको चयन ई–सेवाबाट भोटिङ, फेसबुक लाइक, आयोजक नेपाल खेलकुदपत्रकार मञ्चका सदस्यहरूको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा गरिने बताइएको छ। ई–सेवाबाट भोटिङ प्रक्रिया गत साता नै सुरु भइसकेको छ। 

यस वर्षको अवार्ड कार्यक्रम पुष २८ गते आयोजना हुदैछ।

प्रकाशित मिति: : 2021-01-10 16:39:00

प्रतिकृया दिनुहोस्