आयशा र सन्तोषीलाई वर्षको स्पेशल अवार्ड

बिएल संवाददाता

काठमाडाै‌ं

तेक्वान्दोकी आयशा शाक्य र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भएका छन्।

मञ्चले गत वर्ष गरेको प्रदर्शनको आधारमा उनीहरुलाई स्पेशल अवार्ड प्रदान गरिएकाे हाे। 

गत वर्ष  भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन्। 

यस्तै सन्तोषीले १३औं सागमा १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई १ मिलिसेकेन्डले पछि पार्दै स्वर्ण जितेकी थिइन्। 

सन्तोषीले आठौं खेलकुदमा ५ हजारमा स्वर्ण, १५ सयमा रजत र १० हजार मिटरमा कास्य जितेकी थिइन्। 

वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण र नेवा च्यारिटी धरान १० किमि रनमा स्वर्ण र कान्तिपुर हाफ म्याराथनमा रजत जितेकी थिइन्।

प्रकाशित मिति: : 2021-01-12 18:08:00

प्रतिकृया दिनुहोस्