तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित

बिएल संवाददाता

काठमाडाै‌ं

तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।

 पल्सर स्पोर्टस अवार्डमा श्रेष्ठलाई वर्ष उत्कृष्ट प्रशिक्षक चुनिएको हो।

उनले उसुका अमर कुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापा मगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन्।

श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई तेक्वान्दोमा सर्वाधिक १२ स्वर्ण दिलाएका थिए। तेक्वान्दोबाट सागमा भाग लिएका सबै खेलाडीले साग खेलेका सबै २९ खेलाडीले पदक जितेका थिए।

प्रकाशित मिति: : 2021-01-12 18:30:00

प्रतिकृया दिनुहोस्