बिहिबार, १० जुलाई २०२५

कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित हुने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाै‌ं

News Image
• • •

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ। 

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन) संगको अन्तरक्रियामा विहिबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यस्तो बताएका हुन्। 

उनका अनुसार विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर ४० प्रतिशत रुजु सकिएको छ।

अहिलेको कामको गति अनुसार प्रक्रिया अघि बढेमा एक साताभित्रमा नतिजा सार्वजनिक गर्न सकिने पौडेलले बताए। 

बोर्डले कुल पूर्णाङकको ४० प्रतिशत मात्रै लिखित परीक्षा सञ्चालन गरेको थियो। 

त्यसवाहेक ४० प्रतिशत अंक कक्षा ११ को मूल्यांकन गरेर र २० प्रतिशत विद्यालय आफैले मूल्यांकन गरेर दिनसक्ने निर्णय बोर्डले गरेको थियो। 

 कक्षा १२ मा यो पटक ४ लाख ३१ हजार परीक्षार्थी सहभागी थिए। ४ हजार १ सय केन्द्रमा परीक्षा चलेको थियो। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?