दोलखा प्रहरी प्रमुख रिजालद्वारा कार्यभार ग्रहण

जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले शुक्रबार कार्यभार सम्होलका छन्। 

प्रहरी प्रधान कार्यलयले पुष २१ गते सरुवा भएका गएका प्रमुखले आज कार्यभार सम्हालेसँगै निवर्तमान् प्रमुख डीएसपी रेवतीरमण पोखरेलको विदाईसमेत गरेका छन्। 

कार्यभार सम्हाल्दै डीएसपी रिजालले कानून पालनामा कुनैपनि कम्प्रमाइज नगर्ने बताएका छन्। 

‘हामीलाई राज्यले कानून पालन गराउनको लागि खटाएको छ, त्यसको कार्यन्वयनमा म कुनै पनि हालतमा ‘कम्प्रमाइज’ गर्ने छैन।’

दोलख जिल्लामा हुने अपराधका घटनालाई न्यूनिकरण र आम नागरिकको सुरक्षाका लागि दिन नभनि २४ सै घण्टा खटिने डीएसपी रिजालले बताएका छन्।

प्रकाशित मिति: : 2021-01-15 18:02:00

प्रतिकृया दिनुहोस्