नेकपा (प्रचण्ड)को विरोधसभाले ट्राफिक व्यवस्थापन अस्तव्यस्त, कार्यलय पुग्न सकेनन् कर्मचारी

बिएल संवाददाता

काठमाडाै‌ं

संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड) समूहले आज गर्न लागेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। 

मूल सडकमात्र नभई भित्री सडकमासमेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन्। विरोध कार्यक्रमले गर्दा नेपाल विद्युत प्राधिकरण १२ बजेसम्म खुलेनन्। 

हिजो कुनै जानकारी भएन आज आउँदा बाटो जाम छ। अफिस आउन ढिला भयो गाडि बाटोमा छोडेर अफिस आउन ढिला भयो,’ एक कर्मचारीले भने। 

कार्यक्रमका कारण अहिले राजधानीको सडकमा ट्राफिक व्यवस्थापन अहिले अस्तब्यस्त छ। नगारिकले निक्कै दुःख पाउनु परेको छ।

गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन्। कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन्। 

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, शान्ति बाटिका, त्रिचन्द्र र बाल्मिकी क्याम्पसबाट जुलुस निस्केका छन्। जसको नेतृत्व स्थायी कमिटी सदस्यहरुले गरेका थिए।

सबै जुलुस रत्नपार्कमा पुगेर मुल जुलुसमा सुरु हुनेछ, जसको नेतृत्व अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहितका शीर्ष नेताहरुले गर्नेछन्।

यो जुलस रत्नपार्क, पुतिलीसडक, भद्रकाली हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुनेछ। सभामा शीर्ष नेताहरुले सम्बोधन गर्नुका साथै आगामी आन्दोलनका कार्यक्रम समेत घोषणा गरिने संघर्ष समितिले जनाएको छ।

मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन्।

यसअघि १२ पुसमा प्रचण्ड समूहले भृकुटीमण्डप अगाडिको सडकमा विरोधसभा गरेको थियो। प्रचण्ड समूहले विरोधसभा एक लाख बढी कार्यकर्ता उतार्ने दाबी गरेको छ।

प्रकाशित मिति: : 2021-01-22 12:19:00

प्रतिकृया दिनुहोस्