बिएल संवाददाता
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन भएको सूचना प्रकाशित राजपत्र बुझाएका छन्।
संसद् विघटनको निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा झण्डै ३५ दिनपछि आज प्रकाशित गरेकाे थियाे।
तर राजपत्रमा सूचना प्रकाशित गर्दा पुस ५ गतेको पुरानै मिति राखिएको छ।
संवैधानिक इजलासमा बिहीबारको बहसमा नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित छ कि छैन ?’ भन्दै प्रश्न उठाएका थिए।
त्यसपछि सर्वोच्चले सो सूचना सरकारसँग माग गरेको थियो। त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरिएको हाे।
न्यायाधीश अनिल कुमार सिन्हाले आफूले र आफ्नो सहयोगीले समेत राजपत्रमा खोज्दा त्यो सूचना नभटेको भन्दै खरेललाई कहाँबाट ल्याउनुभयो भनेर प्रश्न गरेका थिए। खरेलले भने कार्यालयमा बसेर खोज्दा आफूले राजपत्रमा सूचना प्रकाशित भएको देखेको जवाफ दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि विघटन गरेकी थिइन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया