बिएल संवाददाता
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन भएको सूचना प्रकाशित राजपत्र बुझाएका छन्।
संसद् विघटनको निर्णय सम्बन्धी सूचना नेपाल राजपत्रमा झण्डै ३५ दिनपछि आज प्रकाशित गरेकाे थियाे।
तर राजपत्रमा सूचना प्रकाशित गर्दा पुस ५ गतेको पुरानै मिति राखिएको छ।
संवैधानिक इजलासमा बिहीबारको बहसमा नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्षसमेत रहेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटन भएको सूचना राजपत्रमा प्रकाशित छ कि छैन ?’ भन्दै प्रश्न उठाएका थिए।
त्यसपछि सर्वोच्चले सो सूचना सरकारसँग माग गरेको थियो। त्यसपछि रातारात राजपत्रमा सूचना प्रकाशित गरिएको हाे।
न्यायाधीश अनिल कुमार सिन्हाले आफूले र आफ्नो सहयोगीले समेत राजपत्रमा खोज्दा त्यो सूचना नभटेको भन्दै खरेललाई कहाँबाट ल्याउनुभयो भनेर प्रश्न गरेका थिए। खरेलले भने कार्यालयमा बसेर खोज्दा आफूले राजपत्रमा सूचना प्रकाशित भएको देखेको जवाफ दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि विघटन गरेकी थिइन्।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया