गुलाबका अनेकौं रङ (भिडियो)

गुलाब एउटा फूलको प्रजाति हो। यसलाई विश्वकै प्रसिद्ध फूल मानिन्छ। अंग्रेजीमा यसलाई 'रोज' भनिन्छ। यसको पुजाआजा, प्रेमलाप, धर्मकर्म, स्वगत तथा सजावटमा प्रयोग गर्ने गरिन्छ।

विशेष गरी ‘भ्यालेन्टनइन’मा बढी प्रयोग हुन्छ। यो अनेकौ रङमा पाइन्छ। हरेक रङको आफ्नै अर्थ हुन्छ। विशेष गरी यो फूल प्रेमलापमा प्रयोग गरिन्छ। कुन रङको गुलाब कस्तो अवस्थामा दिने भन्ने कुराको जानकारी भएन भने यसलकाे गलत अर्थ पनि लग्न सक्छ। कुन रङको गुलाबले के अर्थ राख्छ, यो बुझनु पनि जरुरी छ।  

रातो गुलाब

- रातो गुलाब प्रेमको प्रतीक हो। कसैलाई रातो गुलाब दिनुभनेको उसप्रति प्रेम प्रकट गर्नु हो। 

गुलाफी गुलाबी

- हल्का गुलाबी रङको गुलाब साथित्व, प्रशंसा र खुसीको प्रतीकको रुपमा लिइन्छ। कसैलाई प्रशंसा गर्न र खुसी व्यक्त गर्नुछ भने हलुका गुलाबी रङको गुलाब दिनुपर्छ।

रातो र सेतो गुलाब

- रातो र सेतो रङको मिश्रित गुलाबको अर्थ एकता हो। यसलाई एकताको सन्देशका रुपमा लिनुपर्छ।

गाढा गुलाबी

- गाढा गुलाबी गुलाबको अर्थ कसैप्रति कृतज्ञता र सम्मान देखाउनु हो।

पहेँलो गुलाब

- पहेँलो गुलाबलाई साथित्व, खुसी र ‘केयर’को प्रतिक रुपमा लिइन्छ। कोही साथीलाई साँच्चिकै ‘केयर’ गर्छु भन्ने भाव प्रकट गर्नको लागि पहेँलो गुलाब दिनुपर्छ।

बैजनी गुलाब

- बैजनी गुलाब पहिलो आकर्षणको अर्थ बुझाउँछ। याे दिनुभनेको पहिलो पटक देख्ने वित्तिकै उसप्रति गम्भीर भएको अर्थ बुझाउछ। 

सेतो गुलाब

- सेतो गुलाब पवित्रता र निर्दोषपनाको प्रतीक हो। सेतो गुलाबको प्रयोग प्रायः पूजाआजामा बढी प्रयोग गरिन्छ।

रातो र पहेँलो

रातो र पहेँलो गुलाब एकैसाथ दिनुभनेको खुसी व्यक्त गर्नु हो। यो गुलाब खुसी बाँड्न प्रयोग गरिन्छ। 

कालो गुलाब

कालो गुलाबलाई बिदाईको प्रतीक मानिन्छ। यदि, कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाब दिनुपर्छ।
 

प्रकाशित मिति: : 2021-02-07 22:04:00

प्रतिकृया दिनुहोस्