रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता, ९ जनाको उद्धार

रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीको कारण ६ जना चिनियाँ नागरिकसहित १८ जना बेपत्ता भएका छन्। 

बेपत्ता हुनेमा ९ नेपाली नागरिक, ६ चिनियाँ नागरिक र तीन जना प्रहरी रहेका छन्।

यसबाहेक नदीको बीचमा फसेका ९ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। 

आज बिहानैदेखि भोटेकोशी र स्थानीय ल्हेन्दे खोलामा आएको बाढीले टिमुरेस्थित भन्सार क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले चीन जोड्ने मितेरी पुलसहित भन्सार क्षेत्रमा राखिएका विद्युतीय गाडी र कन्टेनरहरू बगाएको छ। 

 
 

प्रकाशित मिति: : 2025-07-08 11:04:00

प्रतिकृया दिनुहोस्